गण्डकीका मुख्यमन्त्रीले सोमबार विश्वासको मत लिने
rajdhanidaily.com · Fri Jun 07 23:17:33 UTC 2024

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जेठ २८ गते विश्वासको मत लिने तयारी गरेका छन् । गत जेठ १६ मा उनी सर्वोच्च अदालतको परमादेशपछि दोस्रो कार्यकालका लागि मुख्यमन्त्री बनेका थिए । ६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ३१ सांसदको समर्थन चाहिन्छ ।
तर पाण्डेसँग आफ्नो पार्टी नेपाली कांग्रेसका २७ सिट मात्र छन् । उनलाई राप्रपा (२ सिट) ले साथ दिने सम्भावना छ । स्वतन्त्र सांसद दीपक मनाङेको समेत साथ पाए पनि बहुमत पुग्दैन । विपक्षमा रहेको नेकपा एमाले–माओवादी केन्द्र गठबन्धनले विश्वासको मत दिने सम्भावना छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)