मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नवलपरासीका व्यवसायीविरुद्ध ७ करोड बिगो मागसहित राजस्व चुहावट मुद्दा

ratopati.com · Wed Jun 25 19:02:00 GMT 2025

बुटवल । राजस्व अनुसन्धान विभागले राजस्व चुहावटको अभियोगमा पश्चिम नवलपरासीका व्यवसायी सौरभ यादवसहित चार जनाविरुद्ध करिब ७ करोड रुपैयाँ बिगो मागसहित मुद्दा दायर गरेको छ।

राजस्व अनुसन्धान कार्यालय, बुटवलमार्फत दायर उक्त मुद्दा उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा दर्ता गरिएको हो। विभागले पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–८ मा रहेको नवज्योती ट्रेडर्सका प्रोप्राइटर सौरभ यादव, क्रेता कम्पनी आगवन स्टोर्स एण्ड अर्डर सप्लायर्सका सञ्चालक पुष्पा शर्मा, साथै हिक्मतप्रसाद आचार्य र विनोद थापालाई प्रतिवादी बनाउँदै मुद्दा अघि बढाएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)