मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सेफ सन्तोष साह हाजिरी जमानीमा रिहा

nepalviews.com · Tue Jun 16 04:07:52 GMT 2026

काठमाडौं । सेफ सन्तोष साह हाजिरी जमानीमा रिहा भएका छन्। काठमाडौंमा एउटा रेस्टुरेन्ट खरिद गर्ने क्रममा भएको आर्थिक लेनदेन, चेक अनादर (बाउन्स) तथा ठगीको कसुरमा पक्राउ परेका साहलाई प्रहरीले आइतबार हाजिरी जमानीमा छाडेको हो।

रेस्टुरेन्ट खरिदको विवादित लेनदेनलाई लिएर साहलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गत शनिबार नियन्त्रणमा लिएको थियो। काठमाडौं जिल्ला प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार साहलाई अनुसन्धानको प्रक्रियामा सहयोग गर्ने र आवश्यक परेका बेला उपस्थित हुने सर्तमा छाडिएको हो।

साहमाथि लागेको चेक अनादर र आर्थिक ठगीको मुद्दामा प्रहरीले आफ्नो आन्तरिक अनुसन्धान र कानुनी प्रक्रिया भने जारी राखेको जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)

सम्बन्धित विषय