प्रधानमन्त्री ओली र वामदेवबीच बालुवाटारमा भेटवार्ता, वामदेवले भने - ओलीसँग सम्बन्ध पदका कारण हैन जमानादेखिको हो
canadanepal.com · Thu Apr 22 17:03:31 GMT 2021
काठमाडौँ – नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता वामदेव गौतमबीच भेटवार्ता भएको छ । उनीहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार साझँ डिनर भेटघाट भएको हो । उनीहरुबीच पार्टी भित्रको आन्तरिक विवाद लगायतका विषयमा छलफल भएको बताइएको छ ।
ओली र वामदेवबीचको भेटबारे प्रमुख सचेतक विशाल भट्टराईले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । उनले वामदेवको भनाइ उद्धृत गर्दै भने, ‘केपी ओलि देशको प्रधानमन्त्री हुन, नेकपा(एमाले) को अध्यक्ष हुन, तर उहाँसङको मेरो सम्बन्ध पदका कारणले बनेको हैन जमानादेखिको हो र अटुट रहिरहनेछ ।’
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)