भारतीय पर्यटक आकर्षित गर्न ‘कर्णाली टुरिजम मिट’
annapurnapost.com · Sat May 23 08:37:13 GMT 2026

वीरेन्द्रनगर : ‘अन द ल्याप अफ नेचर एन्ड कल्चर’ अर्थात् ‘संस्कृति र प्रकृतिको काखमा’ भन्ने नारासहित सुरु भएको ‘कर्णाली टुरिजम मिट–२०२६’ सुरु भएको छ। नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपालिकाको आयोजना तथा होटल व्यवसायी महासंघ सुर्खेत, दुल्लु नगरपालिका गुराँस गाउँपालिकाको समन्वयमा यो टुरिजम मिट आयोजना गरिएको हो।
बिहीबार वीरेन्द्रनगरमा सुरु भएको सम्मेलनमा कर्णालीको पर्यटन सम्भावना, सांस्कृतिक वैभव र दिगो पर्यटन विकासबारे बहस गरियो। टुरिजम मिटको उद्घाटन समारोहलाई सम्बोधन गर्दै कर्णाली प्रदेशका पर्यटनमन्त्री सुरेश अधिकारीले कर्णालीलाई विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य भएको उल्लेख गर्दै यहाँको पर्यटन विकासले समग्र नेपालको आर्थिक समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउने बताए। उनले कर्णालीलाई विगतदेखि नै भौगोलिक विकटताका रूपमा हेरिएको भए पनि अहिले अथाह पर्यटकीय सम्भावना बोकेको भूमिका रूपमा परिचित भइरहेको उल्लेख गरे। ‘कर्णाली घुम्ने मात्र होइन, अनुभूति गर्ने भूमि हो’ उनले भने, ‘यहाँको संस्कृति, प्रकृति र समुदाय नै यसको वास्तविक शक्ति हो।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)