एमालेमा लाग्यो विधान महाधिवेशन, ओली–विद्या तनावमा निकास खोज्ने जिम्मा विष्णुलाई
barnanmedia.com · Wed Jun 25 21:47:26 GMT 2025

नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय सचिवालयको ५३औं बैठक आज पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न भयो। बैठकले समसामयिक राजनीतिक अवस्था, पार्टीको विधान महाधिवेशन, सरकारको कामकाज, तथा आगामी कार्ययोजनाहरूलाई केन्द्रमा राख्दै विभिन्न निर्णयहरू गरेको छ।
बैठकको प्रारम्भमै अध्यक्ष ओलीले मुलुकको बदलिंदो परिस्थिति, पार्टीको रणनीतिक कार्यदिशा, सरकारको कार्यसम्पादन र बजेट सम्बन्धी संक्षिप्त जानकारी प्रस्तुत गर्नुभएको थियो । बैठकले सरकारको एक वर्षे कार्यकाललाई सन्तोषजनक र प्रभावकारी ठहर गर्दै आर्थिक पुनःस्थापनादेखि जनविश्वास अभिवृद्धिसम्मका क्षेत्रमा उल्लेखनीय सफलता प्राप्त भएको निष्कर्ष निकालेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)