बुढानिलकण्ठ नगरपालिकामा कर्मचारी र जनप्रतिनिधिको सुविधामै ४० करोड ९० लाख बजेट
barnanmedia.com · Wed Jun 25 21:43:41 GMT 2025

स्थानीय तहले आगामी आव ०८२-८३ का लागि बजेट ल्याएका छन्। तर, बजेट जनताका लागि होइन, जनप्रतिनिधि र कर्मचारीका लागि आएको छ। यसको उदाहरण हो, काठमाडौंमा रहेको बुढानिलकण्ठ नगरपालिका। यहाँ मिठाराम अधिकारी मेयर र अनिता लामा उपमेयर छन्। उपमेयर लामाले मंगलबार नगर परिषद्मा ३ अर्ब ४५ करोडको बजेट प्रस्तुत गरेकी छन्। तर, आधा रकम त चालु (प्रशासनिक खर्चका लागि ) छ। प्रशासनिक व्यवस्थापनतर्फ ४० करोड ९० लाख विनियोजन गरिएको छ।
पदाधिकारी (जनप्रतिनिधि)को सुविधाका लागि १ करोड ५० लाख, पदाधिकारी बैठक भत्ताको लागि ५० लाख, पदाधिकारी अन्य भत्ता (न्यायिक तथा विधायन समिति) को लागि ५ लाख, पोशाक खर्च २५ लाख र औषधीउपचार खर्च ३ लाख छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)