इन्डोनेसियाली महिला आरोहीद्वारा ६ हजार ८१२ मिटर अग्लो आमादब्लमको सफल आरोहण
kendrabindu.com · Sat May 23 08:44:55 GMT 2026
काठमाडाैं । इन्डोनेसियाली महिला आरोही नाद्या जियानिफाले नेपालस्थित ६ हजार ८१२ मिटर अग्लो आमादब्लम हिमालको सफल आरोहण गरेकी छन् । उनले यही जेठ २ गते हिमालको चुचुरोमा पुग्न सफल भएको इन्डोनेसियाली दूतावासले जनाएको छ ।
इन्डोनेसियन वुमेन्स रेड एण्ड ह्वाइट एक्सपेडिसन आमादब्लम नेपाल (ईएमपीपीआईएएन)–२०२६ अन्तर्गत गरिएको उक्त आरोहणलाई इन्डोनेसियाली महिलाको साहस, क्षमता र अन्तर्राष्ट्रिय हिमाली आरोहणमा देखिएको दृढताको प्रतीकका रूपमा लिइएको छ । यो अभियान विश्वका तीन ठूला हिमाल आरोहण गर्ने दीर्घकालीन योजनाको पहिलो चरणका रूपमा सञ्चालन गरिएको जनाइएको छ । अभियानअन्तर्गत सन् २०२७ मा नेपालकै मनास्लु हिमाल तथा अन्तिम लक्ष्यका रूपमा पाकिस्तानस्थित केटु हिमाल आरोहण गर्ने योजना रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)