सुस्ताको समस्या समाधान गर्न पहल
gorkhapatraonline.com · Tue Jun 16 04:15:55 GMT 2026

पश्चिम नवलपरासीको सुस्तास्थित नेपाली भूमिमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) प्रवेश गरेको घटनापछि उत्पन्न विवाद तथा सीमा सुरक्षासम्बन्धी विषयमा समाधान खोज्न पहल सुरु भएको छ ।
एक साताअघि भारतीय सुरक्षा फौज एसएसबीको टोली हतियारसहित नेपाली भूमिमा प्रवेश गरेपछि स्थानीय बासिन्दाले विरोध जनाएका थिए । उक्त घटनाले सीमाक्षेत्रमा तनाव सिर्जना गरेपछि सुस्ताको सुरक्षा अवस्था, सीमा विवाद र स्थानीयका समस्याबारे सोमबार जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीमा सरोकारवाला निकाय र सुस्तावासीबिच विस्तृत छलफल गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)