रासस मिडिया सङ्ग्रहालयप्रति अवलोकनकर्ताको आकर्षण बढ्दो
barnanmedia.com · Wed Jun 25 22:42:17 GMT 2025

काठमाडौँ, १२ असारः “राससले मिडिया अभ्यासको इतिहासलाई सङ्ग्रहित गरेर प्रशंसनीय काम गरेको छ”, रासस मिडिया सङ्ग्रहालय अवलोकनपछि कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले यहाँ राखिएको आगन्तुक पुस्तिकामा लेख्नुभएको छ । मन्त्री अधिकारीले राससको सम्पत्तिका रुपमा रहेका सञ्चार सामग्री र उपकरणलाई व्यवस्थित गरेकामा रासस परिवारलाई धन्यवादसमेत दिनुभएको छ ।
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा मीनेन्द्र रिजालले सङ्ग्रहालय अवलोकनपछि राससको इतिहासलाई सङ्ग्रहित गरेर अत्यन्त राम्रो सुरुआत गरेको उल्लेख गर्नुभएको छ । “राससभित्र रहेको मिडिया सङ्ग्रहालय अवलोकन गर्ने अवसर प्राप्त भयो । अत्यन्त राम्रो सुरुआत भएको छ,” उहाँले भन्नुभयो । नेता रिजालले मिडिया सङ्ग्रहालयलाई अझ समृद्ध बनाउने काममा सफलता प्राप्त होस् र आउने दिन अझ बढी अभिरुचिसहित आउन अभिप्रेरित गर्न सक्नुहोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)