एमालेमा दुई कार्यकालभन्दा बढी बस्न नपाउने व्यवस्था विधानबाटै ‘आउट’
rajdhanidaily.com · Wed Jun 25 23:06:08 GMT 2025

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा आगामी नेतृत्वका लागि रस्साकस्सी सुरु भएको छ । आगामी नेतृत्वका लागि पार्टीभित्र रस्साकस्सी सुरु भएसँगै विधानको विभिन्न व्यवस्थामाथि परिवर्तन’bout बहससमेत सुरु भएको छ । विशेषतः ७० वर्षे उमेर हदको प्रावधान र उही पदमा तेस्रो कार्यकालका लागि प्रतिस्पर्धा गर्न पाउने वा नपाउने’boutमा बहस सुरु भएको हो ।
एमालेमा दोस्रो विधान महाधिवेशन आगामी २० देखि २२ भदौमा हुनेगरी मिति तोकिएको छ । सो विधान महाधिवेशनले कसैलाई रोक्नसक्छ भने कसैका लागि सहज बनाउनसक्ने बताइएको छ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली तेस्रो कार्यकालका लागि अध्यक्ष हुन खोजेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)