ठेक्का लागेको ६ वर्षसम्म पुल निर्माण नहुँदा ३ जिल्लाका नागरिकलाई सास्ती
onlinekhabar.com · Tue Sep 08 03:25:44 GMT 2026

२३ भदौ, सुर्खेत । भेरी कोरिडोरअन्तर्गत जाजरकोट खण्डमा स्थायी पुल निर्माणका लागि ठेक्का सम्झौता भएको करिब ६ वर्ष पुग्न लाग्दासमेत निर्माण कार्य अघि बढ्न सकेको छैन। पुल निर्माणका लागि करोडौँ रुपैयाँको ठेक्का सम्झौता भए पनि ताक्सुगाड खोलामा भने अझै अस्थायी कजवे र झोलुङ्गे पुलको भरमा आवतजावत गर्नुपर्ने बाध्यता रहेको छ।
वर्षा याममा खोला बढ्दा अस्थायी संरचना जोखिममा पर्ने गरेको छ। पछिल्लो पटक साउन २९ गते ताक्सुगाड खोलामा आएको बाढीले पाँच घरसँगै झोलुङ्गे पुलसमेत बगाएको छ। बाढीले सडक आवागमनका लागि प्रयोग हुँदै आएको अस्थायी कजवेमा समेत क्षति पुर्याएपछि भेरी कोरिडोरको आवागमन प्रभावित भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)