मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आत्मनिर्भरताको आधारस्तम्भ कृषि

abhiyandaily.com

कुल गार्हस्थ्य उत्पादनमा करीब २३ प्रतिशत योगदान र करीब ६० प्रतिशत जनसंख्या आबद्ध रहेको कृषि नेपाल जस्तो विकासोन्मुख मुलुकका लागि आर्थिक समृद्धि प्राप्त गर्ने एउटा प्रमुख आधार हो । तर, नेपाल कृषिमा आत्मनिर्भर बन्न सकेको छैन । अझ पछिल्लो समय यस्ता वस्तुमा परनिर्भरता बढ्दो छ ।

सिँचाइ र रासायनिक मलको अभाव, बजारको कमी, उत्पादित वस्तुको कम प्रतिस्पर्धी क्षमता, आकाशे पानीमा भर पर्नुपर्ने अवस्था र परम्परागत कृषि प्रणालीले गर्दा धेरै मानिस आबद्ध भए पनि उत्पादन भने सोचेअनुरूप हुन सकिरहेको छैन । आर्थिक सर्वेक्षण २०७८/७९ अनुसार नेपालको प्रमुख खाद्यान्न बाली धान, मकै, गहुँ, जौ, कोदो र फापर हुन् । आर्थिक वर्ष २०७१/७२ देखि अहिलेसम्मको तथ्यांक हेर्दा प्रमुख खाद्यान्न बाली लगाएको क्षेत्रफलमा खासै सुधार भएको देखिँदैन । पछिल्लो ८ आर्थिक वर्षमा प्रमुख खाद्य बाली लगाएको क्षेत्रफलको वार्षिक औसत वृदिदर शून्य दशमलव ८५ प्रतिशत मात्र छ । कुल उत्पादनको वार्षिक औसत वृद्धिदर ४ दशमलव २३ प्रतिशत छ ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)