मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

उत्तर कोरियामा सुख्खा खडेरीको चिन्ताले ‘सुक्खा धान’ अभियान तीव्र

bishowkhabar.com · Tue Jun 16 04:29:18 GMT 2026

उत्तर कोरियाले परम्परागत पानीमा डुबाइने धानखेतीको विकल्पका रूपमा सुक्खा खेतमा धान उत्पादनलाई तीव्रता दिएको छ ।

राज्य सञ्चारमाध्यमले यसलाई कृषि उत्पादन बढाउने प्रयासका रूपमा प्रस्तुत गरे पनि विज्ञहरूले यसलाई देशमा बढ्दो खडेरी र खाद्य असुरक्षाको गम्भीर सङ्केतका रूपमा व्याख्या गरेका छन् ।

आणविक हतियार सम्पन्न उत्तर कोरिया लामो समयदेखि अन्तर्राष्ट्रिय प्रतिबन्ध, राज्य–नियन्त्रित अर्थतन्त्र र निरन्तर खाद्यान्न अभावको समस्यासँग जुध्दै आएको छ ।

विगतका वर्षहरूमा प्राकृतिक विपद् र कमजोर कृषि संरचनाले पनि खाद्य उत्पादनमा असर पार्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)