अमेरिकी मेजरको परिवारले क्षतिपूर्ति पाएन
kendrabindu.com · Tue Sep 08 03:40:25 GMT 2026

वासिङ्टन । क्षतिपूर्ति तथा सैन्य सुविधाको विषयलाई लिएर अमेरिकी प्रशासन र पेन्टागनबीच विवाद उत्पन्न भएको छ । इरानविरुद्धको सैन्य अभियानका क्रममा ज्यान गुमाएका ३३ वर्षीय अमेरिकी वायुसेनाका मेजर एलेक्स क्लिनरको परिवारलाई दिइने क्षतिपूर्ति तथा सैन्य सुविधाको विषयलाई लिएर विवाद उत्पन्न भएको हो ।
गत मार्च १२ मा इराकमा ‘केसी–१३५ रिफ्यूलिङ एयरक्राफ्ट’ दुर्घटनामा पर्दा मेजर क्लिनरको मृत्यु भएको थियो । तर, अमेरिकी कंग्रेसले इरानविरुद्ध औपचारिक रूपमा ‘युद्ध’ घोषणा नगरेको आधारमा पेन्टागनले उनका परिवारलाई उपलब्ध हुनुपर्ने युद्धकालीन सुविधा प्रदान गर्न सुरुमा आनाकानी गरेको आरोप लागेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)