रास्वपा बारा जिल्लाको विस्तारित बैठकमा विवाद सिर्जना
barnanmedia.com · Sat May 23 09:00:32 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लाको विस्तारित बैठकमा विवाद सिर्जना भएको छ ।
आज कलैयामा आयोजित बैठकमा बारा जिल्लाका प्रतिनिधिसभा सदस्य रहबर अन्सारी, अरबिन्द साह, गणेश धिमाल र चन्दन सिंह नेता सहभागी भएका थिए । तर उनीहरूले संस्थापक पक्षलाई दबाबमा पार्न खोजेपछि विवाद चर्किएको थियो ।
सामान्य रूपमा चलिरहेको बैठकमा होहल्ला सुरु भएपछि प्रहरीले सांसदहरुलाई बाहिर निकालेको थियो । आफूहरूलाई एकलौटी रूपमा दबाउन खोजिएको संस्थापक पक्षका नेताहरूको दाबी छ ।
केही दिनअघि मात्रै पार्टीले संस्थापक जिल्ला अध्यक्ष चन्दन स्वर्णकारको सदस्यता खारेज गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)