चन्द्रगढी महिला गोल्डकपको उपाधि एपीएफलाई
baahrakhari.com · Mon Apr 27 17:46:29 GMT 2026
झापा । मेची रंगशालामा सोमबार सम्पन्न प्रथम ‘ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । एपीएफले फाइनलमा त्रिभुवन आर्मी क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।
उपाधिसँगै एपीएफले नगद ११ लाख रुपैयाँ पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता आर्मीले पाँच लाख रुपैयाँ नगद पुरस्कारमा चित्त बुझाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)