वीरगन्जको मेनरोडमा फेरि चल्ने भयो डोजर
annapurnapost.com · Tue Jun 16 04:30:08 GMT 2026

वीरगन्ज : त्रिभुवन राजमार्गअन्तर्गत वीरगन्जको मेन रोडमा भत्काउन बाँकी रहेका घर र भवनहरुमा फेरि डोजर चल्ने भएको छ। गत बैशाख ६ र ७ गते सडक विभागले पहिलो चरणमा सडक सीमा क्षेत्रमा दायाँ/बायाँ, २५/२५ मिटर पर्ने घर,भवन लगायतका संरचना डोजर लगाएर भत्काएको थियो। त्यस क्षेत्रमा रहेका बाँकी संरचनाहरु २५ दिनभित्र खाली गर्न अनुरोध गर्दापनि सम्बन्धित घरजग्गा धनीहरुले आँफैले खाली नगरेपछि सडक विभागले फेरि डोजर लगाएर बाँकी संरचनाहरु हटाउने भएको हो।
मंगलबार सडक विभाग मातहतको सडक डिभिजन हेटौंडाले सूचना जारी गर्दै अबको ५ दिनभित्रमा घरजग्गा धनीहरु आँफैले सडक सीमा क्षेत्रमा पर्ने संरचनाहरु खाली नगरे सडक विभागले सडक ऐन, २०३१ बमोजिम सडक सीमा संरक्षण कार्यअन्तर्गत सडक सीमा भित्र रहेका संरचनाहरू हटाउने जानकारी गराएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)