मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दाउन्नेको पूर्वी खण्डमा एकतर्फी ढलानको काम अन्तिम चरणमा

ratopati.com · Mon Apr 27 18:22:34 GMT 2026

नवलपरासी । नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत नवलपुरको पूर्वी खण्डको दाउन्ने सडक एकतर्फी ढलानको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार पूर्वी खण्डमा अब २०० मिटर लम्बाइमा मात्र सडक ढलानको काम गर्न बाँकी रहेको छ । २०० मिटर ढलानको काम सकिएपछि एकतर्फी ढलानले सडक जोडिनेछ ।

नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत पूर्वी खण्डमा दाउन्नेको लम्बाइ तीन दशमलव नौ किलोमिटर पर्दछ । जसमध्ये अब २०० मिटर सडक ढलानको काम सकिँदा एकतर्फी काम सकिनेछ । उक्त कार्य अब चाँडै सकिने सूचना अधिकारी खनालले बताउनुभयो । एकतर्फी ढलानको काम सकिएपछि यात्रा गर्न सहज हुने उनको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)