नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर
nepallive.com · Tue Jul 07 14:27:35 GMT 2026

काठमाडौं– नक्कली भुटानी शरणार्थी मुद्दाका सबै आरोपी दोषी ठहर भएका छन्। जिल्ला अदालत, काठमाडौंले मंगलबार यस मुद्दामा फैसला सुनाएको हो। सजाय निर्धारण भने अर्को पेशीमा तोकिने न्यायाधीश तेजबहादुर खड्काको इजलासको आदेशमा भनिएको छ।
यस मुद्दामा पूर्वउप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वसांसद आङ्टावा शेर्पा, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, नेपाल हज कमिटीका तत्कालीन अध्यक्ष शमशेर मियाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल प्रतिवादी छन।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)
काठमाडौँ
बेचन झा
भुटानी शरणार्थी प्रकरण
न्यायाधीश नीतिज राई
काठमाडौं जिल्ला अदालत
शमशेर मियाँ