एक वर्षमै 'टुहुरो' बन्यो जेनजी आन्दोलन, कसैले लिन चाहेनन् स्वामित्व !
corporatenepal.com · Tue Sep 08 03:49:20 GMT 2026

काठमाडौं । जेनजी आन्दोलनले नेपालको राजनीतिक वृत्तमा ठूलो उथलपुथल ल्यायो। सडकमा उत्रिएको युवापुस्ताले केवल तत्कालीन सरकार वा केही व्यक्तिविरुद्ध आक्रोश व्यक्त गरेको थिएन, उसले राज्य सञ्चालनको पुरानो शैलीमाथि नै प्रश्न उठाएको थियो। सुशासन, भ्रष्टाचार नियन्त्रण, जवाफदेहिता, अवसर र भविष्यको सुनिश्चितता आन्दोलनका मूल मुद्दा थिए। आन्दोलनको एक वर्ष पूरा हुँदा भने एउटा विडम्बनापूर्ण प्रश्न अगाडि आएको छ—जेनजी आन्दोलनको उपलब्धिको स्वामित्व आखिर कसले लियो?
आन्दोलनको राजनीतिक प्रभावबाट सत्ता र शक्तिको समीकरण परिवर्तन भयो। नयाँ नेतृत्व सत्तामा पुग्यो। पुराना राजनीतिक शक्तिमाथि प्रश्न उठ्यो । तर, आन्दोलनको मूल भावना र त्यसले उठाएका मुद्दालाई संस्थागत गर्ने जिम्मेवारी कसैले स्पष्ट रूपमा आफ्नो काँधमा लिएको देखिएन ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)