मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बीवाईडीका विद्युतीय सवारीसाधन फुकुवा

baahrakhari.com · Tue Jun 16 04:46:28 GMT 2026

मुस्ताङ । मुस्ताङमा दुई सातादेखि सशस्त्र प्रहरी बल नेपालको नियन्त्रणमा रहेको बीवाईडी कम्पनीका विद्युतीय सवारीसाधन फुकुवा गरिएको छ । जोमसोम र कोरला नाकाबाट नियन्त्रणमा लिइएका ती सवारीसाधन आइतबार (असार १) साँझदेखि फुकुवा गरिएको सशस्त्र प्रहरी बल नेपाल ३३ नं गुल्म जोमसोमले जनाएको छ ।

मुस्ताङको कोरला नाका हुँदै जेठ दोस्रो र तेस्रो हप्तामा बीवाईडी कम्पनीका ७७५ विद्युतीय सवारीसाधन नेपाल भित्र्याइएको थियो । तीमध्ये ६४९ विद्युतीय सवारीको भन्सार जाँचपास गरिएको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ ।

कोरला नाकाबाट यसरी भित्र्याइएका ती विद्युतीय सवारीसाधनको पैठारी प्रक्रियामा कैफियत हुन सक्ने आशंकामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो ।

कोरला नाकाबाट ती सबै विद्युतीय सवारीसाधन साइमन इंकले खरिद गरी नेपाल भित्र्याएको थियो ।

सरकारद्वारा गठित छानबिन समितिले ती विद्युतीय सवारीसाधनमा कैफियत फेला नपरेको प्रारम्भिक निष्कर्ष निकालेको जनाइएको छ । रासस

#विद्युतीय सवारीसाधन

#मुस्ताङ

#सशस्त्र प्रहरी

#बीवाईडी

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)

सम्बन्धित विषय