अभिक र दानिसा जुनियर चेस च्याम्पियन
gorkhapatraonline.com · Sat May 23 09:22:14 GMT 2026

तुल्सीलाल स्मृती दोस्रो राष्ट्रिय जुनियर चेस च्याम्पियनसिपमा एआईएम अभिम शाह र दानिसा पुरी च्याम्पियन बन्नुभएको छ ।
भक्तपुरस्थित सूर्यविनायक रिसोर्टमा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ सबै खेल जित्नुभएका अभिकले नौ अङ्क जोड्नुभयो । बागमती प्रदेश खेलकुद विकास परिषद्को आर्थिक सहयोगमा सञ्चालित प्रतियोगितामा सात अङ्क बनाउनुभएका सार्थक श्रेष्ठ दोस्रो, समान सात नै अङ्क बनाउनुभएका प्रथिक सुवेदी तेस्रो र पुरुषोत्तम सिलवाल चौथो हुनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)