गर्मीमै पढ्नु पर्ने बाध्यता, छैनन् पंखा
annapurnapost.com · Tue Jun 16 04:44:46 GMT 2026

रौतहट : तराई–मधेशमा बढ्दै गएको गर्मीका कारण विशेषत विद्यालयमा अध्ययनरत बिद्यार्थीहरु प्रभावित बन्न पुगेका छ्न । दिन प्रतिदिन बढ्दै गइरहेको तापक्रमले गर्मी बढेसँगै रौतहटको फतुवा विजयपुर नगरपालिका–३ स्थित आधारभूत विद्यालय मेवाका सयौं विद्यार्थी भने पंखाविहीन गर्मी कक्षाकोठामा अध्ययन गर्न बाध्य हुनु परेको छ ।
एकातिर गर्मीमा पढ्नु पर्ने बाध्यता त अर्कोतिर विद्यार्थीको अनुपातमा शिक्षकको संख्या न्यून हुनुका कारण विद्यार्थीको पठन पाठन प्रभावित बन्दै गएको अभिभावकहरु बताउँछन् । विद्यालयमा बाल शिक्षादेखि कक्षा ८ सम्म अध्ययनरत ५ सय ४२ विद्यार्थीहरु अध्ययन गर्ने १२ वटै कक्षाकोठामा पंखाको व्यवस्था छैन । चार वर्षअघि निर्माण सम्पन्न भएको भवनमा अहिलेसम्म विद्युत् वायरिङ समेत नगरिएकाले पंखा जडान गर्न नसकिएको भन्दै विद्यालय प्रशासन आफू जिम्मेवारीबाट पन्छिने गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)
मधेस प्रदेश