१८३ स्टार्टअपलाई सहुलियत कर्जा सुनिश्चित
ekantipur.com · Sat Jun 08 00:20:20 UTC 2024

काठमाडौँ — दुई वर्षदेखि ‘हबिबी चाय’ आउटलेट सञ्चालन गरिरहेका कलंकीका नितिन कोइरालाले स्टार्टअप कर्जा पाउने भएका छन् । गत माघमा कर्जाका लागि आवेदन दिएका उनले अन्ततः सहुलियत कर्जा पाउने भएका हुन् । इजिप्टको स्वाद अनि शैलीमा बनाइने चियालाई नै ‘हबिबी चाय’ नाम दिएर काठमाडौंमा दुईवटा आउटलेट सञ्चालन गरिरहेका नितिनको समूहले अब पाइने कर्जा पनि अन्य आउटलेट सञ्चालनमा खर्च गर्ने योजना बनाएको छ ।
आफ्नै आउटलेट मात्र नभई बिहे, भोज, पार्टीमार्फत ‘हबिबी चाय’ खुवाइरहेका नितिन बानेश्वर, बौद्ध र मंगलबजारमा नयाँ आउटलेट खोल्न ऋणको उपयोग गर्ने बताउँछन् । ‘हामी ऋण पाउँछौं कि पाउन्नौं भन्नेमै थियौं,’ उनले भने, ‘अन्तिम सूचीमा परेपछि अब ऋण पाउने भयौं, हबिबी चायलाई अझै पनि स्थानीयस्तरसम्म पुर्याउने कोसिस गर्छौं ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)