भोटेकोशी बाढीले सम्पर्क टुटाएका बस्ती जोड्दै बेलिब्रिज
kendrabindu.com · Tue Sep 08 04:09:39 GMT 2026

काठमाडौं । भोटेकोशी बाढीले ठाउँ–ठाउँका पुल बगाएपछि जिल्ला–जिल्ला र गाउँ–गाउँबीच टुटेको सम्पर्क बेलिब्रिज जडानसँगै जोड्न थालिएको छ। बाढीले रसुवादेखि धादिङसम्म ४१ वटा मोटरेबल पुल बगाएको थियो। बाढीले पुल बगाएपछि रसुवा–नुवाकोटबीचको सम्पर्क टुटेको छ।
पृथ्वी राजमार्गबाट धादिङ सदरमुकाम जोड्ने फुर्केखोलाको पक्की पुल पनि बाढीले बगाएपछि सदरमुकामसँगको सिधा सम्पर्क टुटेको छ। रसुवादेखि चितवनसम्म ६३ मोटरेबल पुल रहेकामा ४१ वटा बगाएको छ भने चार वटा क्षतिग्रस्त छन्। यसमध्ये १८ वटा पुल मात्र सुरक्षित छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)