जैमिनीका २२ सयबढी घरधुरी ‘किसान सूचीकरण प्रणाली’मा आवद्व
gorkhapatraonline.com · Sat May 23 09:28:12 GMT 2026

दक्षिण बागलुङको जैमिनी नगरपालिकाका घरधुरीलाई किसान सूचीकरण प्रणालीमा आवद्व गर्न गणकहरु खटिएका छन् । सबै घरधुरीलाई किसान सुचीकरण प्रणालीमा आवद्व गरी असारसम्म परिचयपत्र वितरण गर्ने जैमिनीको योजना छ ।
जैमिनीका कृषि शाखाका कृषि अधिकृत सुवास सापकोटाका अनुसार, अहिलेसम्म २ हजार २ सय ३९ घरधुरी किसान सूचीकरण प्रणालीमा आवद्व भएका छन् । जैमिनीमा ४ हजार ३ सय घरधुरी छन् । ती घरधुरीलाई किसान सूचीकरण प्रणालीमा समेट्ने लक्ष्य छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)