नक्कली शरणार्थी प्रकरण: बालकृष्ण खाण संगठित अपराधको मतियार ठहर
lokaantar.com

बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई संगठित अपराधको 'मतियार' ठहर गरेको छ। न्यायाधीश तेज बहादुर खड्काको इजलासले मंगलबार सुनाएको फैसला अनुसार खाणलाई संगठित अपराध र ठगी मुद्दामा मतियारको रूपमा कसूरदार ठहर गरिएको हो।
अदालतले सोही प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहसचिव टेकनारायण पाण्डे र पूर्व गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. ईन्द्रजित राईलाई भने मुख्य कसूरदार ठहर गरेको छ। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने नाममा भएको अर्बौँको ठगी र संगठित अपराधमा खाणको भूमिका नीतिगत तहमा सहयोग पुर्याउने र मतियारको रूपमा देखिएको अदालतको निष्कर्ष छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)