दाङमा लाटोकोसेरो तथा हुचिल उत्सव हुने
ratopati.com · Mon Apr 27 22:51:12 GMT 2026

दाङ । दाङको लमहीमा लाटोकोसेरो तथा हुचिल उत्सव हुने भएको छ । सङ्कटापन्न अवस्थामा पुग्दै गएको लाटोकोसेरो संरक्षण गर्ने उद्देश्यले पहिलो पटक लमही नगरपालिका–५ स्थित जैविक विविधता पार्कमा यही वैशाख १८ र १९ गते उत्सव हुने भएको हो ।
अजम्मरी सामुदायिक वन उपभोक्ता समूह लमही र काठमाडौँस्थित ‘प्रकृतिका साथीहरू’ संस्थाको संयुक्त आयोजनामा लाटोकोसेरो उत्सव हुन थालेको हो । किसानको साथीका रूपमा चिनिने लाटोकोसेरोको संरक्षणमा जनचेतना फैलाउने उद्देश्यले दाङमा पहिलो पटक उत्सवको आयोजना गरिएको प्रकृतिका साथी संस्थाका निर्देशक राजु आचार्यले जानकारी दिए । उनका अनुसार पछिल्लो समय लाटोकोसेरोको अवैध व्यापार र चोरी सिकारी बढ्दै जाँदा यसको अस्तित्व सङ्कटमा परेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)