निसीखोलाका १२४ पूर्वाधारका आयोजना कार्यान्वयनमा
baahrakhari.com · Mon Apr 27 23:09:00 GMT 2026

गलकोट (बागलुङ) । बागलुङको सबैभन्दा पश्चिम क्षेत्र निसीखोला गाउँपालिकाले चालु आर्थिक वर्षमा १२४ आयोजना कार्यान्वयनको अन्तिम चरणमा पुर्याइएको छ । आव २०८२/८३ का लागि निसीखोला गाउँपालिकामा बजेटअनुसार तयार गरिएको १७१ वटा पूर्वाधार विकासतर्फका आयोजना रहेकामा अहिलेसम्म १२४ आयोजना सम्झौता भएर कार्यान्वयनमा गएको हो ।
अहिलेसम्म ४७ वटा आयोजना सम्पन्न भइसकेका निसीखोला गाउँपालिकाका सूचना अधिकारी डिलाराम बाँठा मगरले जानकारी दिए । प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण कार्यान्वयनमा भएको ढिलाइ भएको भन्दै उनले विकास निर्माणका १७१ मध्ये १२४ भन्दाबढी आयोजना कार्यान्वयनमा गएका उल्लेख गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)