लोकतन्त्रका लागि बलिदान रोजेकालाई तर्साउन बन्द गर : पूर्वमुख्यमन्त्री कार्की
onlinekhabar.com · Sat May 23 09:34:26 GMT 2026

९ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता केदार कार्कीले लोकतन्त्रका लागि बलिदान रोजेकाहरूलाई तर्साउने काम बन्द गर्न पार्टी नेतृत्वलाई सुझाव दिएका छन् । कोशी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका कार्कीले शनिबार फेसबुकमा जंगी अड्डाको हुकुम र त्रासजस्तो वातावरणले पार्टी नचल्ने बताएका हुन् ।
‘पार्टीमा समावेश हुने आधार आस्था र विश्वासले हो । समर्पण जङ्गी अड्डाको हुकुम र त्रासबाट पैदा हुँदैन,’ कार्कीले लेखेका छन्, ‘सैद्धान्तिक असहमतिका समाधान संवादबाट खोजिनुपर्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)