मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

स्वास्थ्य बीमा दाबी भुक्तानीका लागि थप ९१ करोड निकासा, २०२ अस्पतालले पाउने

aarthiknews.com

काठमाडौं। स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा दाबी भुक्तानीअन्तर्गत २०२ सेवा प्रदायक अस्पताललाई थप ९१ करोड १८ लाख ९४ हजार रुपैयाँ भुक्तानी गर्ने प्रक्रिया अघि बढाएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार नयाँ सरकार गठनपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै स्वास्थ्य बीमा र विपन्न नागरिक औषधि उपचार कार्यक्रमअन्तर्गत बाँकी दायित्व भुक्तानीलाई प्राथमिकतामा राखिएको छ।

यसअघि जेठ १३ गते स्वास्थ्य बीमा दाबीबापत १ अर्ब ३ करोड २४ लाख ७७ हजार रुपैयाँ भुक्तानी गरिएको थियो। त्यसपछि जेठ २१ गते विपन्न नागरिकको औषधि उपचार खर्चबापत ३२ करोड १३ लाख ६ हजार रुपैयाँ निकासा गरिएको मन्त्रालयले जनाएको छ। यस्तै, जेठ २७ गते थप २७ करोड ३७ लाख ७८ हजार रुपैयाँ भुक्तानी गरिएको थियो।

सरकारले अघिल्ला आर्थिक वर्षदेखि बाँकी रहेको स्वास्थ्य बीमा दाबी र विपन्न नागरिक उपचार कार्यक्रमको बक्यौता रकम भुक्तानीलाई उच्च प्राथमिकतामा राख्दै स्रोत व्यवस्थापन र निकासा प्रक्रियालाई तीव्रता दिएको जनाएको छ।

स्वास्थ्य बीमा बोर्डका अनुसार सेवा प्रदायक संस्थाहरूको बक्यौता रकम क्रमशः भुक्तानी गर्दै स्वास्थ्य बीमा कार्यक्रमप्रति नागरिकको विश्वास बढाउने, अस्पतालहरूको वित्तीय दबाब कम गर्ने तथा स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)

सम्बन्धित विषय