बिगो बराबरको धरौटी बुझाएर हाजिर जमानीमा छुटे सेफ सन्तोष
kendrabindu.com · Tue Jun 16 05:16:19 GMT 2026

काठमाडौं । बैंकिङ कसुर मुद्दामा पक्राउ परेका सेफ सन्तोष साह बिगो बराबरको धरौटी बुझाएर छुटेका छन्।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार साहले मुद्दाको बिगो बराबर धरौटी बुझाएपछि हाजिर जमानीमा रिहा भएका हुन्। ‘बिगो बराबरको धरौटी बुझाएपछि छुटेका छन् । हाजिर जमानीमा छोडिएको हो। अनुसन्धान जारी छ, बोलाएको बेला उपस्थित हुनुहुन्छ,’ एसपी भट्टराईले भने।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
काठमाडौँ