मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नक्कली भुटानी शरणार्थी प्रकरण : जिल्ला अदालत काठमाडौंमा ५ दिनदेखि सुनुवाइ जारी

nepalbahas.com · Tue Jun 16 05:10:33 GMT 2026

नक्कली भुटानी शरणार्थी प्रकरण : जिल्ला अदालत काठमाडौंमा ५ दिनदेखि सुनुवाइ जारी

२ असार, काठमाडौं । जिल्ला अदालत काठमाडौंमा नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा पाँच दिनदेखि सुनुवाइ जारी छ । यो मुद्दा अदालतले हेर्दाहेर्दैमा राखेर सुनुवाइ गर्दै आएको छ । गत जेठ २७ गतेदेखि यो मुद्दा न्यायाधीश तेजबहादुर खड्काको इजलासमा सुनुवाइ भइरहेको छ ।

२०८० जेठ १० मा पूर्व उपप्रधानमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँण, तत्कालीन गृह सचिव टेकनारायण पाण्डे, पूर्व सांसद आङटावा शेर्पा र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित ३० जना विरुद्ध किर्ते, ठगी, संगठित अपराध र राज्यविरुद्धको अपराधमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको थियो ।

मुद्दा दायर हुँदा पक्राउ परेका १८ मध्ये २ जनालाई धरौटी र अरू १६ जनालाई थुनामा पठाएर मुद्दाको पुर्पक्ष गरिएको थियो । १२ जना फरार थिए । पछि फरार रहेका केही व्यक्ति पक्राउ परे पनि अझै केही अभियुक्त फरार अवस्थामै छन् ।

यस्तै टोपबहादुर रायमाझी, रायमाझीका छोरा सन्दीप रायमाझी, हज कमिटीका तत्कालीन अध्यक्ष शमशेर मियाँ, तत्कालीन गृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसी, तत्कालीन गृह सचिव टेकनारायण पाण्डे, तत्कालीन संविधानसभा सदस्य आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापा, तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई र राईका छोरा निरज राई विरुद्धको मुद्दा दर्ता भएको थियो ।

२०८१ वैशाख ९ मा पहिले नै प्रतिवादी बनाइएका केशव दुलालसहित ५ जना र २०८१ साउन ४ मा अर्का सन्दिग्ध पात्र बेचन झाविरुद्ध २०८१ साउन २९ मा पूरक अभियोगपत्र दायर भएको थियो । थुनछेक बहस र आदेशबाहेक तीन वटै मुद्दालाई लगाउमा राखिएको छ । यस प्रकरणमा मुख्य बिचौलियाद्वय केशव दुलाल, उनकी पत्नी दीपा हुमागाईँ छन् ।

अर्का बिचौलिया सानु भण्डारी र सन्देश शर्मा, साथै गिरोहको नेटवर्कमा रहेर काम गर्ने टंककुमार गुरुङ, मोहनराज राई, निरञ्जनकुमार खरेल, केशव तुलाधर, बिचौलिया हरिभक्त महर्जन, उनकी पत्नी लक्ष्मी महर्जन, राजेश अर्याल, विनिता सावदेन लिम्बु, सागर राई, आशिष बुढाथोकी, सुनिल बुढाथोकी, रामशरण केसी, अशोक पोखरेल, गोविन्दकुमार चौधरी, धिरेन राई, बेचन झा र भुटानी शरणार्थी नेता टेकनाथ रिजाल विरुद्ध पनि यही कसुरमा दायर मुद्दा दायर भएको थियो

शरणार्थी प्रकरण

अदालत

Shares

नेपालबहस संवाददाता

नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद #नेपालबहस #नेपालीसमाचार #स्थानीयसमाचार #ब्रेकिंङन्यूजनेपाल #खोजमुलकसमाचार #नेपालअपडेट्स #अपराधसमाचार #सुरक्षामामिलासमाचार #बैंकिङबीमासमाचार #शेयरबजारसमाचार #कर्पोरेटसमाचार

लेखकबाट थप

सम्बन्धित पोस्ट

सम्पत्ति शुद्धीकरण : ३ करोड लगानीबाट व्यवसाय सुरु गरेका दीपक भट्टले कसरी कमाए अकुत सम्पति ?

जेठ ३१, २०८३ आइतबार

नेपाल एयरलाइन्सको सञ्चालक सदस्य नियुक्तिमा मन्त्री पौडेलको निर्णय त्रुटिपूर्ण भएको सर्वोच्चको ठहर

जेठ २९, २०८३ शुक्रबार

ट्रेड युनियन खारेजविरुद्धको रिटमा अन्तरिम आदेश भएन, सरकारलाई निर्णय कार्यान्वयन गर्न सहज

जेठ २९, २०८३ शुक्रबार

नेपालबहस ट्रेन्डिङ

धितोपत्र काण्डमा ८१ जनाको सम्पत्ति रोक्का, सीआईबीको गोप्य पत्र सार्वजनिक

इन्द्र रिजाल

जेठ ३१, २०८३ आइतबार

करेन्ट चाउचाउका मालिक कमलका छोरा नितेश मालपानी फरार, सम्पत्ति रोक्का गर्न पत्राचार

नेपालबहस संवाददाता

जेठ ३०, २०८३ शनिबार

मधेश सरकारले १० प्रतिशत बढायो कर्मचारीको तलब

नेपालबहस संवाददाता

असार १, २०८३ सोमबार

सरकार नङग्याउने कैलाली घटना, भिरबाट खसालेको टेम्पो बिग्रिएको प्रमाणित गर्ने प्रयासमा डिभिजन वन

नेपालबहस संवाददाता

जेठ ३१, २०८३ आइतबार

Tweets by nepalbahas

लोकप्रिय

मधेश सरकारले १० प्रतिशत बढायो कर्मचारीको तलब

असार १, २०८३ सोमबार

देशका विभिन्न स्थानबाट लागूऔषधसहित ४३ जना पक्राउ

असार १, २०८३ सोमबार

मधेश प्रदेशको बजेट ४१ अर्ब १३ करोड ८६ लाख, कर्मचारीको तलब १० प्रतिशत बढाइयो: पूर्णपाठसहित

असार १, २०८३ सोमबार

छुटाउनुभयो कि?

नक्कली भुटानी शरणार्थी प्रकरण : जिल्ला अदालत काठमाडौंमा ५ दिनदेखि सुनुवाइ जारी

असार २, २०८३ मंगलबार

२० निर्माण कम्पनीले कालोसूचीमा राख्न नपर्ने कारणसहित सात दिनभित्र स्पष्टीकरण दिनुपर्ने

असार २, २०८३ मंगलबार

प्रतिनिधिसभा बैठक : बजेटमाथि मन्त्रालयगत छलफल, खर्च घटाउने प्रस्ताव पेश गर्ने कार्यसूची

असार २, २०८३ मंगलबार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

असार २, २०८३ मंगलबार

मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सम्पन्न

असार २, २०८३ मंगलबार

फिफा विश्वकप २०२६ : बेल्जियम र इजिप्ट १–१ बराबरी

असार २, २०८३ मंगलबार

स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)