गगनलाई केदार कार्कीको जवाफ-कांग्रेसीहरू दास र लास हुन सक्दैनन्
nepalpress.com · Sat May 23 09:55:43 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका नेता केदार कार्कीले पार्टी सभापति गगन थापाको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । सभापति थापाले सदस्यता अद्यावधिक नगर्नेहरूको जिम्मेवारी खोस्ने चेतावनी दिएपछि उनले असन्तुष्टि जनाएका हुन् ।
उनले भनेका छन्, ‘पार्टीमा समावेश हुने आधार आस्था र विश्वासले हो, समर्पण जङ्गी अड्डाको हुकुम र त्रासबाट पैदा हुँदैन। सैद्धान्तिक असहमतिका समाधान संवादबाट खोजिनुपर्छ । जिम्मेवार निकायले अल्लारेपन र दम्भ प्रदर्शन गर्दा पार्टीको पद्धति नै कमजोर बन्दै गएको छ। पद–लोलुपता समस्या हो । पदभन्दा माथि उठेर लोकतन्त्रका लागि बलिदान रोजेकाहरूलाई तर्साउने प्रवृत्ति बन्द गराैँ ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)