१० वर्षसम्म पनि बनेन पुल, अन्ततः ठेक्का तोडियो
gorkhapatraonline.com · Tue Jun 16 05:26:01 GMT 2026

प्युठान जिल्लाको एउटा पक्की पुल सम्झौता भएको १० वर्षसम्म निर्माण सम्पन्न हुन नसकेपछि अन्ततः ठेक्का तोडिएको छ । स्वर्गद्वारी नगरपालिकाको ३ र ७ नम्वर वडा जोड्ने माडी नदिको जलुकेमा निर्माणधिन पक्की पुलको ठेक्का तोडिएको हो ।
२०७३ वैशाख १६ गते निर्माण कम्पनी मृत संजिवनीरलोहनी ब्रर्दशले नौ करोड ८५ लाख रुपियाँमा पुल निर्माणको लागि सम्झौता भएको थियो । २०७५ कात्तिक १५ भित्र निर्माण सक्ने गरी सम्झौता भएपनि उक्त अवधिमा पुल नबन्दा पटक–पटक म्याद थप हुँदा पनि निर्माण सम्पन्न हुन सकेको थिएन । सडक डिभिजन प्युठानले सोमबार ठेक्का सम्झौता अन्त्य गरिएको सूचना प्रकाशित गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)