रास्वपा बाराको विस्तारित बैठकमा तनाव
himalpress.com · Sat May 23 10:01:19 GMT 2026

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लाको विस्तारित बैठकमा विवाद भएको छ।
जिल्ला सभापति चन्दन स्वर्णकारलाई पार्टीले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि बाराको विस्तारित बैठकमा विवाद भएको हो।
कलैयाको एक पार्टी प्यालेसमा आयोजना गरिएको विस्तारित बैठक स्वर्णकार निकट नेता कार्यकर्ताले विथोल्न खोजेपछि तनाव सिर्जना भएको थियो।
कार्यक्रमस्थलमा स्वर्णकार समूहले नाराबाजी गरेका थिए। स्वर्णकारलाई पार्टीले निष्कासन गर्न नहुने भन्दै उनका समर्थकहरूले कार्यक्रम सहभागी हुन गएका सांसदविरूद्ध नाराबाजी गरेका थिए।
स्वर्णकार समर्थकहरू नाराबाजी गर्दै आक्रोशित बनेपछि प्रहरीले कार्यक्रममा उपस्थित रास्वपा सांसदहरूलाई बाहिर निकालेको थियो।
कार्यक्रममा सहभागी हुन रास्वपा सांसदहरू रहबर अन्सारी, गणेश धिमाल, अरबिन्द साह र चन्दन सिंह पुगेका थिए।
पार्टीबाट निष्कासनमा परेका स्वर्णकारले बारा जिल्लाका सांसदहरूले आफूनिकटहरूलाई समेटेर समिति बनाउन खोजेको आरोप लगाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)