मीनाको ह्याट्रिकमा नेपालले श्रीलंकालाई ७-० गोलले हरायो
annapurnapost.com · Tue Jul 15 16:47:18 GMT 2025
ढाका : साफ यु-२० महिला च्याम्पियनसिपअन्तर्गत मंगलबार भएको खेलमा नेपालले श्रीलंकालाई ७-० गोलले हराएको छ। बंगलादेशको राजधानी ढाकास्थित बसुन्धारा किंस एरिनाको अभ्यास मैदानमा निर्धारित समयभन्दा डेढ घण्टा ढिला सुरु भएको खेलको पहिलो हाफमा नेपालले ५ गोल गरेको थियो। दोस्रो हाफमा नेपालले २ गोल थपेको हो। श्रीलंकाले भने गोल गर्न सकेन।
नेपालका लागि मीना देउवाले ह्याट्रिक पूरा गरिन्। उनले ८औं, ४२औं र ७०औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी हुन्। पूर्णिमा राईले २ गोल गर्दा समिक्षा मगर र सरिता कुमारी नाथले समान १-१ गोल गरे।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)