सार्वजनिक कार्यक्रममा कुटिएपछि कक्रोज जनता पार्टीका संस्थापक दीपकेले के भने ?
annapurnapost.com · Tue Jun 16 05:29:49 GMT 2026

भारत : कक्रोज जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दीपकेसँग सोमबार जयपुरमा सार्वजनिक कार्यक्रममै कुटपिट भएको छ । जयपुरस्थित शहीद स्मारकमा सीजेपीले राष्ट्रिय योग्यता तथा प्रवेश परीक्षा (निट) पेपर लीक, शिक्षा व्यवस्था र बेरोजगारी जस्ता मुद्दालाई लिएर विरोध प्रदर्शन गरिरहेको थियो ।
भाइरल भिडियोमा अभिजीत दीपकेलाई उनका समर्थकहरूले काँधमा बोकेर लैजाँदै थिए, त्यही बेला भीडबाट केही युवाहरूले अचानक उनीमाथि आक्रमण गरेको भाइरल भिडियोमा देखन सकिन्छ । त्यसपछि भीडले ती युवाहरूलाई कुटपिट गर्यो, तर अभिजीत दीपकेले मञ्चबाट भने कि आक्रमण गर्ने युवाहरूलाई छोडिदिनु पर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)