कबड्डीको कीर्तिमान
ekantipur.com · Sat May 28 00:44:13 GMT 2022
काठमाडौँ — दक्षिण भारतीय फिल्म ‘केजीएफ च्याप्टर २’ ले नेपाली हलमा रातभर हंगामा मच्चाएको धेरै भएको छैन । ‘आरआरआर’ ले पनि नेपाली बक्स अफिसमा राम्रो कमाइ गर्यो । विदेशी मात्रै होइन, नेपाली फिल्मले पनि हाउसफुल दर्शक पाउँछन् भन्ने पछिल्लो उदाहरण बनेको छ, ‘कबड्डी ४’ । फिल्मका निर्देशक रामबाबु गुरुङ र वितरक गोविन्द शाहीको दाबी मान्ने हो भने फिल्मले पहिलो दिन सबैभन्दा ठूलो व्यापार गर्ने रेकर्ड बनाएको छ ।
‘नेपाली फिल्ममा यस्तो ओपनिङ मैले देखेकै थिएन,’ हिन्दी फिल्मका वितरक मनोज राठी भन्छन्, ‘एड्भान्स बुकिङमा जुन हिसाबको भीड थियो, म त अचम्म परें । मल्टिप्लेक्समा जति शो छ, त्यसमा शतप्रतिशत अकुपेन्सी छ ।’ यसलाई घरेलु फिल्मको शक्ति ठान्छन् उनी । ‘विदेशी फिल्मले नेपाली चल्न दिएन भनेर रोइकराइ गर्छन् । हिन्दी डब ल्याउनु भएन भन्छन्,’ राठीले भने, ‘यस्तो फिल्मले विदेशी फिल्मलाई पाखा लगाइदिँदो रहेछ । राम्रो फिल्म बनायो भने हिन्दी फिल्म नै आउँदै नि ।’ कोभिडपछि प्रदर्शनमा आएका पुष्पा, केजीएफ र आरआरआरले कबड्डी जतिको व्यापार नगरेको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)