कांग्रेस सभापति देउवा फेरि सक्रिय राजनीतिमा
ekantipur.com · Sun Nov 23 17:12:28 GMT 2025

काठमाडौँ — कांग्रेसले ११ माघमा हुने राष्ट्रिय सभा र २१ फागुनको प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्दा सभापति शेरबहादुर देउवाकै नाम र दस्तखत निर्वाचन आयोगमा बुझाएको छ । देउवाले २८ असोजमै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएर सक्रिय राजनीतिबाट अलग हुने सन्देश दिए पनि उनलाई नै सभापतिमा राखेर कांग्रेसले दल दर्ताको निवेदन दिएको हो ।
निर्वाचनमा सहभागी हुने र निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने निर्णय शनिबारको केन्द्रीय कार्यसमितिको बैठकले गरेको थियो । त्यही बैठकको निर्णय, सभापतिको नाम, थर, पद र हस्ताक्षरसहित दल दर्ताको निवेदन पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले निर्वाचन आयोगमा बुझाएका छन् । दल दर्ता गर्दा आफ्नो नाम अघि सारेर सभापतिमा देउवाले आसन्न निर्वाचनको टिकट वितरणमा आफैं सक्रिय हुने सन्देश प्रवाह गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)