नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुर र बालकृष्णसहित को–को दोषी ठहरिए ?
baahrakhari.com · Tue Jul 07 15:24:01 GMT 2026

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले सातजनाबाहेक अन्यलाई दोषी ठहर गरेको छ । मंगलबार न्यायाधीश तेजबहादुर खड्काको इजलासले मुद्दा चलाइएका सातजनालाई सफाइ दिएको हो । अदालतले एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी र कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँडलाई दोषी ठहर गरेको छ ।
टोपबहादुरले राज्यविरुद्धको कसुर गरेको काठमाडौं जिल्ला अदालतले फैसला गरेको छ । टोपबहादुरसहित राज्यविरुद्धको कसुरमा दोषी ठहर हुनेहरूमा पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, केशवप्रसाद दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, विक्रम भन्ने गोविन्दकुमार चौधरी र आङटावा शेर्पा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ
बेचन झा
भुटानी शरणार्थी प्रकरण