मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
gorkhapatraonline.com · Tue Jun 16 05:51:32 GMT 2026

धनकुटाको धनकुटा नगरपालिका –४ स्कुलडाँडास्थित कोशी लोकमार्गमा सोमबार बिहान दुई मोटरसाइकल एक–आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुनसरीको रामधुनी नगरपालिका –९ झुम्का घर भइ हाल धनकुटा नगरपालिका –७ सब्जीलाइन बस्दै आउनुभएका ५५ वर्षीय विशाल चौधरी रहनुभएको छ । जिल्ला अस्पताल धनकुटामा बिहान ९ बजे उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)