मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पाकिस्तानमा वायुसेनाको प्रशिक्षण विमान दुर्घटना, दुई पाइलटको मृत्यु

barnanmedia.com · Tue Jun 16 05:45:23 GMT 2026

एजेन्सी । पाकिस्तानको उत्तर–पश्चिमी प्रान्त खैबर पख्तुनख्वाको मर्दान जिल्लामा सोमवार पाकिस्तान वायुसेनाको एउटा प्रशिक्षण विमान दुर्घटना हुँदा दुई पाइलटको मृत्यु भएको छ ।

सुरक्षा स्रोतहरूकाअनुसार नियमित प्रशिक्षण उडानका क्रममा रहेको उक्त विमान मानव बस्ती भएको क्षेत्रमा खसेको थियो । दुर्घटनामा विमानमा सवार दुवै पाइलटको ज्यान गएको छ भने जमिनमा रहेका अन्य तीन सर्वसाधारण घाइते भएका छन् ।

घाइतेहरूलाई उपचारका लागि नजिकैको अस्पतालमा भर्ना गरिएको छ । दुर्घटना लगत्तै उद्धार तथा आपतकालीन टोलीहरू घटनास्थलमा पुगी राहत कार्य शुरु गरेका थिए ।

अधिकारीहरूका अनुसार दुर्घटनाको कारणबारे विस्तृत अध्ययन गर्न उच्चस्तरीय छानबिन शुरु गरिएको छ । पाकिस्तानका गृहमन्त्री मोहसिन नक्भीले उक्त दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै ज्यान गुमाउने पाइलटहरूका परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)