भगवान रामको तिलकोत्सव सम्पन्न
gorkhapatraonline.com · Sun Nov 23 17:32:11 GMT 2025

त्रेता युगमा मर्यादा पुरुषोत्तम भगवान राम र माता सीताबिच भएको विवाहको सम्झनामा प्रत्येक वर्ष जनकपुरधाममा मनाइने साताव्यापी रामजानकी विवाहपञ्चमी महोत्सवको चौथो दिन आइतबार रामको तिलकोत्सव कार्यक्रम सम्पन्न भएको छ ।
तिलकोत्सवका लागि जनकपुरधामको जानकी मन्दिरबाट पाहुर (भार) सहित साधु सन्तर र श्रद्धालुहरु बाजागाजासाथ दिउसो राम मन्दिर पुगेका थिए । साधु सन्तलाई राम मन्दिरमा त्यहाँका स्थानीयहरुले स्वागत गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)