खेलकुद विकासका लागि प्रदेश सरकार प्रतिबद्ध: मुख्यमन्त्री सिंह
nagariknews.nagariknetwork.com · Thu Jun 26 16:08:35 GMT 2025
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले खेलाडीले मेहनत गरेर अन्तर्राष्ट्रिय स्तरमा पाउने सफलताले देशको गौरव बढाउने भएकाले प्रदेश सरकार खेलकुदको विकासका लागि प्रतिबद्ध रहेको बताएका छन्।
जनकपुरधाममा आज मधेस सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयको आयोजनामा मुख्यमन्त्री अन्तर–प्रदेश कबड्डी प्रतियोगिताको उदघाटन गर्दै मुख्यमन्त्री सिंहले पछिल्लो केही समय यता मधेशका खेलाडीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्राप्त गरिरहेको सफलताले प्रदेशको गौरव बढाउने काम गरेकाले खेलाडीको सम्मानका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)