मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

प्रतिनिधिसभा बैठक : फिफा विश्वकप प्रसारण निःशुल्क गर्न नेकपा सांसद हमालको माग

nepalviews.com · Tue Jun 16 06:07:05 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद प्रमेश हमालले फिफा विश्वकप प्रतियोगिताको प्रसारण आम नागरिकको पहुँचमा सहज बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद हमालले विश्वकप हेर्नका लागि दर्शकले ९९९ रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था सबै नागरिकको पहुँचमा नरहेको बताए।

उनले विश्वकपप्रति आम जनताको उच्च चासो रहेको उल्लेख गर्दै शुल्कका कारण धेरै नागरिक प्रत्यक्ष प्रसारण हेर्नबाट वञ्चित हुनुपरेको बताए। सांसद हमालले सभामुखमार्फत नेपाल सरकारसँग नेपाल टेलिभिजनबाट विश्वकपका खेलहरू निःशुल्क प्रसारण गर्ने व्यवस्था मिलाउन माग गरे।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)

सम्बन्धित विषय