अर्थ समितिमा 'मस्यौदा कार्यविधि' माथि छलफल, सञ्चारकर्मीलाई प्रवेश निषेध
hamrakura.com · Tue Jun 16 00:00:00 GMT 2026
काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठक मंगलवार सिंहदरबारमा बसेको छ।
सिंहदरबारस्थित समितिको सभा कक्षमा बिहान बसेको उक्त बैठकमा समितिको प्रस्तावित ‘मस्यौदा कार्यविधि’ माथि विस्तृत छलफल गरिएको छ।
समितिको आन्तरिक कार्यप्रणाली र सञ्चालन प्रक्रियालाई व्यवस्थित बनाउने उद्देश्यले ल्याइएको उक्त मस्यौदामाथि बैठकका सदस्यहरूले आ–आफ्नो धारणा राखेका छन्।
बैठकमा समितिको कामकारबाहीलाई कसरी चुस्त बनाउने भन्नेबारे छलफल भए पनि सञ्चारकर्मीहरूलाई भने बैठकमा बस्न दिइएको थिएन।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)