बाल्यकालका साथीको रोमाञ्चक प्रेम देखाउने नाटक ‘सिकरुम’ प्रदर्शन (तस्बिरहरु)
ratopati.com · Thu Jun 26 16:42:00 GMT 2025

काठमाडौँ । टेकुमा रहेको कौसी थिएटरमा अहिले नाटक ‘सिकरुम’ प्रदर्शन भइरहेको छ । प्रेम कथामा आधारित यो नाटकमा बाल्यकालका साथीहरूको जोडीको प्रेमलाई रोमाञ्चित तरिकाले प्रस्तुत गरिएको छ । यो नाटक अमेरिकी नाटककार राजीव जोसेफको नाटक ‘ग्रुसम प्लेग्राउन्ड इन्ज्युरीज’ को नेपाली रूपान्तरण हो ।
असार ६ देखि मञ्चन सुरु भएको नाटक असार २८ सम्म चल्नेछ । आकांक्षा कार्कीद्वारा रूपान्तरित र निर्देशित ‘सिकरुम’ मा निर्देशक आफैँ, नूर खनाल, अभिषेक खड्का, सुदाम सीके लगायत कलाकारको अभिनय रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)