मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बारा जिल्ला बैठकबाटै लखेटिए रास्वपाका सांसद, केहिबेर तनाव

barnanmedia.com · Sat May 23 10:33:54 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लाको विस्तारित बैठकका क्रममा तनाव सिर्जना भएको छ । होहल्लासहित कार्यकर्तादेखि केही प्रतिनिधिसभा सदस्य बैठकस्थलबाटै लखेटिएका छन् ।

शनिबार बारा सदरमुकाम कलैयामा आयोजित बैठकमा जिल्लाका प्रतिनिधिसभा सदस्य रहबर अन्सारी, अरबिन्द साह, गणेश धिमाल र चन्दन सिंह नेता सहभागी भएका थिए । उनीहरूले संस्थापक पक्षलाई दबाबमा पार्न खोजेपछि विवाद चर्किएको थियो ।

समझदारी नभएपछि आक्रोशित कार्यकर्ताले उनीहरूलाई बैठकस्थलबाट धक्का दिएर बाहिर निकालेका थिए । स्थिति तनावपूर्ण बनेपछि प्रहरीले हस्तक्षेप गर्नुपरेको थियो । केही दिनअघि मात्रै संस्थापक जिल्ला अध्यक्ष चन्दन स्वर्णकारको सदस्यता खारेज गरिएपछि रास्वपा बारा जिल्लाभित्रको विवाद थप गहिरिदै गएको छ भने कार्यकर्ता समेत रुष्ट बन्दै गएको छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)